हेटौंडा / जेन–जेड आन्दोलनको क्रममा काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका ला.औ. खैरो हेरोइन मुद्दाका कैदी भुपेन्द्र बस्नेत करिब ७० दिनपछि पक्राउ परेका छन्।
मकवानपुर जिल्ला, थाहा नगरपालिका–९ बस्ने ३२ वर्षीय बस्नेत मिति २०८२/०५/२४ गते कारागारबाट भागेका थिए। फरारकै खोजी जारी रहेको अवस्थामा मिति २०८२/०८/०२ गते इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीका अनुसार पक्राउ परेका बस्नेतलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन भिमफेदी कारागारमा पुनः थुनामा बुझाइएको छ।
प्रहरीले फरार घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

















