बकैया गाउँपालिकाको नवनिर्मित भवन मंसिर १० गते उद्घाटन हुने

Image

हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन आगामी २०८२ मंसिर १० गते बुधबार समुद्घाटन हुने भएको छ। गाउँपालिकाको हात्तीसँडेस्थित भवनको समुद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित हुने कार्यक्रम छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार, कार्यक्रममा स्थानीय भद्रभलादमी, समाजसेवी, बुद्धिजीवी र सर्वसाधारण नागरिकको गरिमामय सहभागिताका लागि आग्रह साथै निमन्त्रणा गरिएको छ। समारोह बिहान ११:०० बजे सुरु हुने छ।

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेद्वारा हस्ताक्षरित सूचनामा प्रशासकीय सेवाको प्रभावशीलता वृद्धि र स्थानीय तहको कामकारबाही सहज बनाउन भवन निर्माण गरिएको उल्लेख छ।