भीमफेदीमा १४ वर्षीया किशोरीको भी*रबाट उ* द्धार

Image

हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुलमा १४ वर्षीया किशोरी रजना स्याङ्तान घरबाट छबेली बजार जान्छु भनी हिँड्दा खहरे खोलाको भीरबाट करिब ५० मिटर तल खसेकी हुन।

घटनाबारे खबर पाएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली खटि तत्काल उद्धार कार्य सम्पन्न भएको छ। घाइते किशोरीलाई प्रारम्भिक उपचारका लागि भीमफेदी स्वास्थ्य चौकी पुर्‍याइएको र थप उपचार आवश्यक भएपछि हेटौडा अस्पताल पठाइएको छ।

प्राथमिक परीक्षण अनुसार बाहिरी चोट नभएको तर ढाडमा भित्री चोट रहेको, र अहिले सामान्य अवस्थामा रहेकी उनको उपचारमा उनका बुवा समेत संलग्न रहेको जनाइएको छ।

घटनास्थल प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पूर्वमा र घरदेखि करिब २०० मिटर दूरीमा रहेको बुझिएको छ।