मकवानपुरको रातोमाटेमा खैरो हेरोइनसहित ३ जना पक्रा

Image

हेटौंडा / मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

मंसिर २५ गते राति करिब ९:१० बजे प्रहरी चौकी रातोमाटेको टोलीले सवारी साधन रोकी जाँच गर्ने क्रममा बिरगञ्जतर्फबाट हेटौडातर्फ आइरहेको बागमती प्रदेश ०१–००६ ज ७९८३ नम्बरको यात्रुबाहक इभी गाडीमा सवार चितवन राप्ती नगरपालिका–८ का २८ वर्षीय कर्ण गुरुङको साथबाट १ ग्राम ६२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, अर्को यात्रुबाहक इभी गाडी (बागमती प्रदेश ०६–००१ ज ०४४१) मा सवार मकवानपुर हेटौडा–१२ का २७ वर्षीय सन्तोष आलेमगर र मनहरी गाउँपालिका–३ का ३० वर्षीय सानुकान्छा राईको साथबाट समेत ४८० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ फेला परेको छ।

बरामद गरिएको लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिएर लागूऔषध कसुर मुद्दा दर्ता गरिएको र मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।