हेटौंडा/ मिति २०८२/०८/२७ गते शनिबार आमाघर सेवा आश्रम, मनहरीमा संस्थाका महिला सदस्यहरूलाई लक्षित गरी एकदिने सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम हेटौंडा–२ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सम्पन्न भएको हो।
उक्त प्रशिक्षण कार्यक्रम ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका प्रशिक्षक बिजयराज सिग्देलको सहजीकरणमा सञ्चालन गरिएको थियो। कार्यक्रममा सहकारीका ४० जना महिला सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रशिक्षणका क्रममा सहभागीहरूलाई सकारात्मक सोचको महत्व, आत्मबल अभिवृद्धि तथा दैनिक जीवनमा सकारात्मक दृष्टिकोण अपनाउने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
प्रशिक्षण सम्पन्न पश्चात सहभागीहरूलाई पर्यटकीय क्षेत्र सौराहको भ्रमण समेत गराइएको थियो। भ्रमणले सहभागीहरूलाई मानसिक ताजगी प्रदान गर्नुका साथै आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुर्याएको संस्थाकी व्यवस्थापक रमलाकुमारी सापकोटाले जानकारी दिनुभएको छ।

















