हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत अधेरी क्षेत्रमा ट्र्याक्टर दुर्घटना हुँदा करिब २२ जना घाइते भएका छन्। लु ५ त १७४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचारका लागि पठाइएको छ। हाल उनीहरूको उपचार भइरहेको जनाइएको छ।
दुर्घटनाको कारण र घाइतेहरूको अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोकटीले जानकारी दिनुभएको छ।

















