हेटौंडा/ बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतज्यूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
माननीय प्रदेश प्रमुखको उपस्थितिमा मुख्य न्यायाधिवक्ता बस्नेतले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम उच्च अदालत पाटनका माननीय मुख्य न्यायाधीश लालबहादुर कुँवर समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
शपथ ग्रहण समारोहमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारीहरू, कानुन व्यवसायीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

















