मुख्यमन्त्री बानियाँ र कानून मन्त्री अधिकारीद्वारा चितवन प्रहरी परिसर उद्घाटन

Image

हेटौंडा /बागमती प्रदेश सरकारले विनियोजित ५ करोड ८५ लाख रुपैयाँ बजेटबाट निर्माण गरिएको ईलाका प्रहरी कार्यालय खैरहनी, चितवन को नवनिर्मित कार्यालय, ब्यारेक भवन, भान्छा घर तथा कम्पाउण्ड वालको समुद्घाटन कार्यक्रम माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारी को विशेष आतिथ्यतामा सम्पन्न भएको छ।

समुद्घाटन कार्यक्रममा स्थानीय सुरक्षा अधिकारी, कर्मचारी, जनप्रतिनिधि तथा नागरिकहरू उपस्थित थिए। नयाँ संरचना सञ्चालनमा आएपछि प्रहरीको कार्यक्षमता वृद्धि हुने र स्थानीय सुरक्षा व्यवस्थामा सुधार आउने अपेक्षा गरिएको छ।

सरकारी अधिकारीहरूले भवन उद्घाटनसँगै प्रहरी कार्यालयको आधुनिक सेवासुविधा र कर्मचारीहरूको कार्यसुविधामा वृद्धि हुने जानकारी दिएका छन्।