मकवानपुरमा सचेत मतदाता अभियान सुरु गर्ने निर्णय

Image

हेटौंडा/ मकवानपुरमा प्रतिनिधि पटक–पटक फेरिँदा पनि जनजीवन सुधार हुन नसकेको भन्दै ‘सेवा, सहयोग र आवाज’ संस्थाले जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

संस्थाका अध्यक्ष विशाल राज महतले पुराना तथा नयाँ भनिएका दलहरूमा समेत अवसरवाद, गैरजिम्मेवार नेतृत्व र जनउत्तरदायित्वको अभाव देखिएको बताए। उनका अनुसार भावनामा होइन, तथ्य, इमान र जनसेवाको योगदानका आधारमा उम्मेदवार छनोट गर्ने संस्कार विकास आवश्यक छ।

संस्थाले गाउँदेखि सहरसम्म सचेतना कार्यक्रम, संवाद, छलफल र मतदाता शिक्षामार्फत सचेत मतदाता निर्माण गर्ने जनाएको छ। “झुटा आश्वासन होइन, जवाफदेही नेतृत्व रोज्ने समय आएको छ,” महतले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।