हेटौंडा/ मकवानपुर जिल्ला प्रशासनले सम्मानित अदालतबाट रीतपूर्वक सूचनाको म्याद तामेली भइसकेपछि सरकारी पक्षले सम्मानित सर्वोच्च अदालतको आदेश पालना गर्दै आएको जनाएको छ। सर्वोच्च अदालतको निर्णय बमोजिम सडक विस्तारसम्बन्धी विषय अघि बढाइने कुरामा पूर्ण सम्मान रहेको सम्बन्धित निकायले स्पष्ट पारेको छ।
तर सुरक्षाको दृष्टिकोणले केही क्षेत्र जोखिमयुक्त ठहरिएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको बताइएको छ।
जोखिमयुक्त स्थानमा व्यापार व्यवसाय सञ्चालन गर्दा घरधनी, व्यवसायी तथा आम सर्वसाधारणले समेत जोखिम सामना गर्नुपर्ने अवस्था आउने भएकाले जोखिमलाई थप बढावा दिने गतिविधि उपयुक्त नहुने धारणा व्यक्त गरिएको छ।
सम्बन्धित निकायले सर्वोच्च अदालतको आदेश सबै पक्षले सम्मान गर्नुपर्ने उल्लेख गर्दै कानुनी प्रक्रिया र सार्वजनिक सुरक्षालाई सन्तुलनमा राखेर काम अघि बढाइने जनाएको छ।

















