हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मिति २०८२।१०।०२ गते दिउँसो करिब २ बजे हेटौडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ३८९० नम्बरको कार सडकबाट करिब ३० मिटर तल खसी दुर्घटना भएको हो। दुर्घटनाको खबर २:०५ बजे इ.प्र.का. भीमफेदीमा प्राप्त हुनासाथ प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको कमाण्डमा ७ जनाको टोली (ट्राफिकसहित) २:२० बजे घटनास्थलमा पुगेर चालकसहित ३ जना घाइतेको उद्धार गरेको थियो।
घाइतेहरूलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि कार घटनास्थलमै रहेको भए पनि सडक अवरुद्ध भएको छैन।
प्रहरीका अनुसार दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ४ किलोमिटर पूर्व–उत्तर दिशामा पर्दछ।

















