विराटनगर किङ्स विरुद्धको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने

Image

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को २६औँ खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जित्दै विराटनगर किङ्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी ६ खेलबाट ९ अङ्क जोड्दै अङ्कतालिकाको दोस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्दै ११ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा लुम्बिनी छ।

अर्कोतर्फ, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स ६ खेलबाट ६ अङ्कका साथ अङ्कतालिकाको पाँचौँ स्थानमा छ। लिग चरणको आफ्नो अन्तिम खेल खेलिरहेको विराटनगरलाई प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ। अघिल्लो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका कप्तान सन्दीप लामिछाने उच्च लयमा छन्।