हेटौंडा / युवराज सफलको नामले चिनिने युवराज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा आधारहीन अभिव्यक्ति, गाली–बेइज्जतीजन्य सामग्री तथा तथ्यसँग मेल नखाने विषयवस्तु सार्वजनिक गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पौडेलले विभिन्न भिडियो सामग्री तयार पारेर सामाजिक सञ्जालमार्फत प्रसारण गरेका थिए, जसमा तथ्यहीन तथा भ्रामक विवरण समेटिएको पाइएको छ। यस किसिमका गतिविधिले व्यक्ति तथा संस्थाको प्रतिष्ठामा असर पुर्याउने र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

















