मकवानपुरमा प्रहरी र सञ्चारकर्मीबीच परिचय तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको उपस्थितिमा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूसँग परिचय तथा छलफल गरिएको थियो।

कार्यक्रममा समसामयिक विषयमा छलफल हुनुका साथै सञ्चारकर्मीहरूले उठाएका जिज्ञासाहरूलाई प्रहरी उपरीक्षक खत्रीले सम्बोधन गर्नुभएको थियो। उहाँले प्रहरी र सञ्चार क्षेत्रबीच समन्वय, सहकार्य र तथ्यपरक सूचना प्रवाहलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।