मकवानपुरको महालक्ष्मी खोलामा चितुवा मृत अवस्थामा फेला

Image

हेटौंडा / मकवानपुर जिल्ला, थाहा नगरपालिका–९ महालक्ष्मी खोलाको किनारमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। मिति २०८२ माघ १९ गते साँझ करिब ५:३० बजे स्थानीयवासीबाट सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट प्र.स.नि. दिननाथ प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सानुकाजी श्रेष्ठ, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीहरूको रोहबरमा मुचुल्का कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मिति सोही दिन साँझ ८:१० बजे मृत चितुवालाई गोदामचौरमा लगी आवश्यक प्रक्रिया अनुसार व्यवस्थापन गरिएको हो।

घटनास्थल इलाका प्रहरी कार्यालय चित्लाङबाट करिब एक किलोमिटर दक्षिणतर्फ पर्ने बताइएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।