नेपाल बन्धु परिषदको अध्यक्षमा भवनाथ नेपाल

Image

हेटौंडा / नेपाल नेपाल वंशज परिषद् मकवानपुरको प्रथम अधिवेशन डा टोनी हेगन पार्कमा तदर्थ समितिका अध्यक्ष भवनाथ नेपालको अध्यक्षता एवं नेपाल वंशज परिषद्का केन्द्रीय अध्यक्ष अनिल कुमार उपाध्याय नेपालको प्रमुख अतिथ्यथामा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्षज्यूले नेपालमा करिब १ लाख जति जनसङ्ख्या नेपाल वंशजको रहेको र नेपालहरू पश्चिम दैलेखको दुल्लुबाट बसाइसरी नेपालका विभिन्न ठाउँहरूमा बसोबास गरिरहेको जानकारी जानकारी गराउनुभयो ।

सचिव माधव नेपालले सञ्चालन गर्नुभएको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य सह सचिव भरत नेपालले राख्नुभएको थियो भने सल्लाहकार इन्द्रप्रसाद नेपाल र जेष्ठ नेपालबन्धु कृष्णप्रसाद नेपालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

अधिवेशनले भवनाथ नेपालको अध्यक्षतामा १९ सदस्य रहेको जिल्ला समिति चयन गरेको छ जसमा उपाध्यक्ष मातृका नेपाल, सचिव माधव नेपाल, सहसचिव भरत नेपाल, कोषाध्यक्ष विकास नेपाल र सदस्यहरूमा सुदर्शन नेपाल, मिन प्रसाद नेपाल, जनार्दन नेपाल, विष्णुप्रसाद नेपाल ,राजबाबु नेपाल ,शंकर नेपाल, मदन प्रसाद नेपाल, भगिरथ नेपाल(रामजी) , रजनी नेपाल, नवराज नेपाल
र पुष्पराज नेपाल हुनुहुन्छ

अधिवेशन पश्चात नवनिर्वाचित कमिटीको प्रथम बैठकले केन्द्रीय प्रतिनिधिमा डा विजय नेपाल र प्रदेश प्रतिनिधिमा डा नवीन नेपाललाई चयन गरेको छ भने सल्लाहकारमा इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद नेपाल, विश्वनाथ नेपाल र जितेन्द्र नेपाललाई मनोनयन गरेको छ।

अधिवेशनले मकनपुरमा रहेका नेपालबन्धुहरूको लगत सङ्कलन गर्ने, कुल पूजामा एकरुपता ल्याई सकेसम्म एकै ठाउँमा गर्ने ,७० वर्ष नाघेका नेपाल बन्धुहरूलाई सम्मान गर्ने र निकट भविष्यमा मैत्रीपूर्ण वनभोज कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय गरेको छ।