मनहरीमा ब्रेकफेल भएर चामल बोकेको ट्रक दुर्घटना, दुई घाइते

Image

हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका–७ शिबिरस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान चामल बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बिहान करिब ५:४० बजे हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५७४ नम्बरको ट्रक अचानक ब्रेकफेल भई सडकको बायाँ साइडमा पल्टिएको हो।

घटनाको जानकारी ५:५० बजे प्राप्त भएपछि इल्याका प्रहरी कार्यालय मनहरीबाट प्र.स.नि विषुणदेव महत्तोको नेतृत्वमा ट्राफिकसहित पाँच सदस्यीय टोली घटनास्थलतर्फ खटिएको थियो।

दुर्घटनामा चालक पर्सा वीरगञ्ज–३१ का २७ वर्षीय सन्दिप चौधरी बायाँ हात र छातीमा चोट पुष्टि भएका छन् भने सहचालक २० वर्षीय बिशाल चौधरी टाउको तथा हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनालाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन पठाइएको छ।

ट्रक घटनास्थलमै रहे पनि सडक अवरुद्ध नभएको प्रहरीले जानकारी दिएको छ।