हेटौडा–१ को आग्रह: ढिला नगरी वडामा आएर Biometric Verification गराउनुहोस्

Image

हेटौंडा/ हेटौडा उपमहानगरपालिका–१, चाईनाक्वाटरस्थित वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका सबै लाभग्राहीलाई फागुन १ देखि १५ गतेभित्र अनिवार्य रूपमा Biometric Verification गर्न आग्रह गरेको छ।

उपमहानगरपालिकाको च. नं. ३६०३ को मिति २०८२/१०/२५ को पत्र अनुसार सामाजिक सुरक्षा भत्ताको नयाँ दर्ता तथा नविकरण प्रक्रियामा Biometric प्रणाली पूर्ण रूपमा लागू भएसँगै यसअघि Verification गर्न नसकेकालाई तोकिएको समयसीमा भित्रै प्रमाणीकरण गर्न सूचित गरिएको हो।

वडा कार्यालयका अनुसार तोकिएको अवधिमा Verification नगर्ने लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता रोकावटमा पर्न सक्ने चेतावनी दिइएको छ।

“निर्धारित समयमा Biometric Verification नगरेमा भत्ता वितरण प्रक्रियामा समस्या आउन सक्छ, जसको जिम्मेवारी स्वयं लाभग्राहीले लिनुपर्नेछ,” सूचनामा उल्लेख गरिएको छ।

विभिन्न कारणले अहिलेसम्म Verification गर्न नपुगेका लाभग्राहीलाई यथाशीघ्र वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। वडा कार्यालयले सम्बन्धित सबै लाभग्राही, अभिभावक तथा सरोकारवालालाई समयमै प्रक्रिया पूरा गर्न पुनः ध्यानाकर्षण गराएको छ।