मकवानपुरमा ४३८ किलो ४३ ग्राम गाँजा सहित दुई जना पक्राउ

Image

हेटौंडा/ मकवानपुरमा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ। आइतबार राति करिब १२:३० बजे भैसेबाट खटिएको गस्ती टोलीले भीमफेदी गाउँपालिका–२ चुनियाँस्थित त्रिभुवन राजपथ नजिक गरिएको चेकजाँचका क्रममा उक्त लागूऔषध फेला परेको हो।

प्रहरीले गस्तीका क्रममा लु.१च २१५२ नम्बरको बोलेरो र बा.प्र.०३–००५ प.४५७६ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्दै खानतलासी गर्दा बोलेरो गाडीको पछाडिको ढाला भित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा ४३८ किलो ४३ ग्राम गाँजा फेला पारेको जनाएको छ।

घटनामा संलग्न आरोपमा बोलेरो चालक २७ वर्षीय राम बहादुर मोक्तान, स्थायी ठेगाना कैलाश गाउँपालिका, र मोटरसाइकल चालक १९ वर्षीय अनिल थिङलाई घटनास्थलमै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

बरामद गरिएको गाँजा सहित दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।