हेटौंडामा छुट्टाछुट्टै दुर्घटना : २ जनाको मृत्यु

Image

हेटौंडा/ मकवानपुरको विभिन्न स्थानमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका–१० स्थित बाइपास रोडमा भएको दुर्घटनामा हेटौंडा–५ का क्षितिज रायमाझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

यस्तै, मकवानपुरकै हेटौंडा उपमहानगरपालिका–८ कर्रा पुल नजिक पूर्व–पश्चिम राजमार्गमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ च १५६५ नं.को यौद्धा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा पशुपतिनगर, मकवानपुरमा कार्यरत निर्वाचन प्रहरी पवन साह गम्भीर घाइते भएका थिए।

रौतहटको फतुवा बिजयपुर नगरपालिका–७ घर भएका २४ वर्षीय साहको उपचारका क्रममा पुरानो मेडिकल कलेज, चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।