मकवानपुरको मनहरीमा अटो चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला दुई जना पक्राउ

Image

हेटौंडा / जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित सिमपानी–देवकोट भित्री सडकखण्डबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

मिति २०८२ फागुन २५ गते राति करिब २२:५० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले देवकोटबाट सिमपानीतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ह २०७६ नम्बरको अटो शंकाको आधारमा रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा अटोमा राखिएको १० वटा पोकाभित्रबाट जम्मा १०७.९ केजी लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। सोही अटोका चालक मकवानपुर राक्सिराङ गाउँपालिका–६ धुसराङ बस्ने अन्दाजी ३३ वर्षीय सन्त सिंह लामा तथा राक्सिराङ गाउँपालिका–२ सुनारी सौराह बस्ने अन्दाजी ३० वर्षीय सन्तबिर मोक्तानलाई प्रहरीले अटो सहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ।