हेटौंडा । मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने उद्देश्यसहित एजि एक्सप्रेस नयाँ शाखा सञ्चालनमा आएको छ। उक्त शाखामार्फत मकवानपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय डेलिभरी सेवा उपलब्ध गराइने जनाइएको छ। हेटौंडा -४ सितलमहल चोकमा बुधबारबाट १६ औं शाखाको रुपमा शाखा विस्तार भएको छ।उक शाखा राप्रपाका पुर्व संसद दिपक बहादुर सिंहले गरेका हुन् ।
एजि एक्सप्रेसको ग्लोबल सिइओ तथा अध्यक्ष तुलसी उप्रेतीले जानकारी दिए। हङकङ र चिनको धरोहरबाट उदाएको संस्था विभिन्न सहरहरुमा विस्तार हुँदै गएको छ। उक्त शाखाको हेड अफिस काठमाडौं स्थित तिनकुनेमा रहेको छ।
केबल एउटा कुरिएर कम्पनी बन्ने मात्र उद्देश्य न भै नेपालीहरुको भावना र सम्पदालाई जोड्ने सेतु रहेको जानकारी दिए।
कम्पनीका अनुसार स्थानीय उत्पादनलाई विश्वभर पुर्याउने तथा विदेशबाट आउने उपहार र सामग्रीहरू ग्राहकको घरदैलोमा पुर्याउने लक्ष्यका साथ शाखा सञ्चालनमा ल्याइएको हो। यस सेवाले विदेशमा रहेका नेपाली र नेपालमा रहेका परिवारबीच सामान आदान–प्रदान गर्न सहज बनाउने विश्वास गरिएको छ।
नयाँ कुरियर सेवाको उद्घाटन गर्दै प्रमुख अतिथि दिपक बहादुर सिंहले घरेलु उद्योग सञ्चालन गर्ने उद्यमिहरुलाइ खुसीको खबर रहेको बताउँदै गुणस्तरयुक्त सामान बनाइ बाहिर पठाउन अनुरोध गरे।उनले मकवानपुरमा उत्पादन हुने सामाग्री गुणस्तरमा कमि नगराइ विदेश पठाउन सके मनग्ये आम्दानी गर्न सकिने बताउँदै सञ्चालम टिमलाई बधाईको साथै धन्यवाद व्यक्त गरे।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्षले शाखा विस्तार गर्ने टिमलाई धन्यवाद दिदै केहो युवाहरुलाई रोजगारीको लागि पनि अवसर मिलेको बताउँदै मकवानपुरमा यसले धेरै राम्रो हुने विश्वास व्यक्त गरे
कम्पनीले नेपाली स्थानीय उत्पादनहरू जस्तै हस्तकला, मसला, लत्ताकपडा लगायतका सामग्री विदेशमा रहेका नेपालीसम्म सुरक्षित रूपमा पुर्याउने व्यवस्था मिलाएको जनाएको छ। साथै विदेशबाट आउने सामग्रीहरू पनि सुरक्षित र भरपर्दो तरिकाले ग्राहकसम्म पुर्याइने बताइएको छ। गाउँघरका साना उद्यमिहरुलाइ पनि विश्वबजार ढोका खोलिदिने छ।
कम्पनीका प्रतिनिधिले सेवा सञ्चालन पूर्ण रूपमा कानुनी प्रक्रियाअनुसार हुने र नेपाल सरकारलाई लाग्ने मूल्य अभिवृद्धि कर (VAT), कर (Tax) तथा भन्सार शुल्क तिरेर सेवा प्रदान गरिने जानकारी दिएका छन्।
अहिले नेपाल भरी १० करोडको लगानीमा महानगरपालिका र उपमहानगरपालिकामा गरि एक सय शाखा विस्तार गर्ने जानकारी दिएको छ। यो शाखा १६ औं रहेको छ।

















