हेटौंडामा गोठमा आगलागी, गाई र बाच्छो जलेर मरे

Image

हेटौंडा/ हेटौंडामा गोठमा आगलागी, गाई र बाच्छो जलेर मरेहेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँ मा एक गोठमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।

मिति २०८२ फागुन २८ गते दिउँसो करिब ४ बजे गैरीगाउँ गिरी टोल बस्ने आत्मालाल काफ्लेको गोठमा अचानक बिजुली सर्ट भई आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी को टोली अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुर बाट प्रहरी नायब निरीक्षक सर्फ लाल प्रसाद यादवको कमाण्डमा घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा करिब साँझ ५:१० बजे आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ। आगलागीका कारण गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गोठभित्र रहेका १ वटा गाई र १ वटा बाच्छो जलेर मरेका छन्।

घटनामा मानविय क्षति नभए पनि करिब चार लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। घटनास्थल अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुर बाट करिब ५ किलोमिटर पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ।