हेटौंडा / सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै हेटौंडामा विद्यार्थीहरूले प्र बिहान हेटौंडाका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू सडकमा उत्रिएर न्यायको माग गरेका हुन्।
हेटौंडा क्याम्पसका विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि तथा सिद्धार्थ क्याम्पसमा अध्ययनरत करिब ५ सय विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले ‘हत्यारालाई कारबाही गर’, ‘पीडितलाई न्याय देऊ’, ‘बलात्कारीलाई कडा सजाय देऊ’ र ‘नारी अस्मिताको रक्षा गर’ जस्ता नारा लगाएका थिए।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा इनिशा बिक मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै देशका विभिन्न स्थानमा समेत प्रदर्शन भइरहेका छन्।

















