काठमाडौँ । तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत महत्त्वपूर्ण एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही बेरअघि सम्पन्न टसमा चितवन राइनोजका कप्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । टस हारेसँगै काठमाण्डु गोर्खाजले पहिला बलिङको निम्तो पाएको छ ।
प्रतियोगिताको प्लेअफ समीकरणअन्तर्गत आजको खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा रहेको छ । आजको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

















