हेटौँडा । जेसीज सप्ताह २०२६ अन्तर्गत आयोजित अन्तर हेटौँडा जेसीज वक्तृत्वकला प्रतियोगितामा छोइसाङ लामा प्रथम भएका छन्।
बुधबार जेसीआई हेटौँडाको सचिवालयमा सम्पन्न प्रतियोगितामा सञ्जय कुमार न्यौपाने द्वितीय र अभिलेख कठायत तृतीय भएका छन्।
जेसीआई हेटौँडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा वर्ष १९९१ का शाखा अध्यक्ष एवं नेपाल जेसीज वर्ष १९९८ का राष्ट्रिय कानुनी सल्लाहकार गणेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
प्रतीक कोइरालाको संयोजकत्वमा आयोजित प्रतियोगितामा १२ जनाको सहभागिता रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा जेसीआई हेटौँडाका वर्ष २०१५ का अध्यक्ष दीपकराज मिश्र र वर्ष २०२३ का अध्यक्ष श्रवण कुमार बर्तौला रहेका थिए।
प्रतियोगिताका विजेताहरूलाई प्रमुख अतिथि श्रेष्ठले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

















