जेसीज सप्ताहमा हेटौँडाको सामाजिक उत्तरदायित्व : मामा घरलाई सामग्री हस्तान्तरण

Image

हेटौँडा । सामाजिक उत्तरदायित्व वहन गर्दै जेसीआई हेटौँडाले मामा घर नेपाललाई आवश्यक फर्निचर, खाद्यान्न तथा सरसफाइका सामग्री हस्तान्तरण गरेको छ ।

आश्रित बालबालिकाको दैनिक जीवनयापन तथा व्यवस्थापनमा सहजता पुर्‍याउने उद्देश्यले जेसीज सप्ताह २०२६ अन्तर्गत बिहीबार हेटौँडा–११, डाङडुङ्गेस्थित मामा घर नेपाललाई एक थान स्टिल दराज, एक थान स्टिल र्‍याकसहित खाद्यान्न तथा सरसफाइका सामग्री प्रदान गरिएको हो ।

जेसीआई हेटौँडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा जेसीआई हेटौँडा वर्ष २००४ का शाखा अध्यक्ष एवं जेसीआई नेपाल वर्ष २००५ का राष्ट्रिय उपाध्यक्ष अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम संयोजक अशु बानियाँको संयोजनमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा मामा घर नेपालका संरक्षक अर्पण पराजुली, रेडियो थाहा सञ्चार हेटौँडाका स्टेसन म्यानेजर गोकुल अधिकारी र जेसीआई हेटौँडा वर्ष २०२५ का शाखा अध्यक्ष पंकजदास बानियाँको आतिथ्यता रहेको थियो ।

जेसीज सप्ताहका मूल संयोजक सञ्जयकुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्ले रहेका छन् ।

सडक तथा जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकालाई संरक्षण दिँदै आएको मामा घर नेपालमा हाल २४ जना बालबालिका आश्रित छन् ।