काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटको कप्तानबाट राजीनामा दिएका छन् ।
उनले शनिबार राजीनामाको घोषणा गरेका हुन् । उनले पहिले नै टी-२० र वनडे क्रिेकटको कप्तान छाडिसकेका छन् ।
साउथ अफ्रिकासँगको हारपछि कोहलीले कप्तानीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
कप्तान कोहलीले भारतीय टोलीलाई सही दिशामा लैजानका लािग आफूले सात वर्ष निरन्तर मिहेनत लगनशिलताका साथ विताएको बताएका छन् ।
https://twitter.com/imVkohli/status/1482340422987169794?s=20















