सुदूरपश्चिम प्रदेशको इम्बोस्ड नम्बर प्लेट नाम ‘सुप’ लेखिने

Image

धनगढी । सुदूरपश्चिम प्रदेशमा इम्बोस्ड नम्बर प्लेटमा नाम ‘सुप’ लेखिने भएको छ । नाम लामो भएकाले के लेख्ने भन्नेबारे लामो छलफल पश्चात नाम तय भएको यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार नाम टुंगो लागिसकेकाले अब इम्बोस्ड नम्बर प्लेट तयार गरेर पठाइने भएको हो । सुदूरपश्चिम प्रदेशबाट बल्ल नाम आएको हुँदा अब नम्बर प्लेट तयार पारेर पठाउने निर्देशक पौडेलले बताए ।

गत कात्तिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै मंसिर १ गतेबाट सुदूरपश्चिम प्रदेशमा चल्ने सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जनाएको थियो ।