दशरथ चन्द बैतडी विद्यार्थी समाज र बैतडी समाज कैलाली बिच पहिलो समन्वयात्मक बैठक सम्पन्न

Image

धनगढी । दशरथ चन्द बैतडी विद्यार्थी समाज र बैतडी समाज कैलाली बिच पहिलो समन्वयात्मक बैठक शनिवार धनगढीमा सम्पन्न भएको छ।

दुबै समाज बिच भएको पहिलो समन्वयात्मक बैठकले नयाँ कार्यसमिती चयन लगायत खेलकुद, शिक्षा, स्वास्थ्य एबम सामाजिक कार्यक्रमहरूको विषयमा छलफल तथा समन्वय गरेको जनाएको छ । पहिलो समन्वयात्मक बैठकले बिद्यार्थीहरुको हक हितमा काम गर्ने  निर्णय गरको छ ।  बिद्यार्थीहरुका लागी खेलकुदका गतिबिधीमा सहभागी गराउने , सञ्चार माध्यममा सहभागिका साथै ब्यक्तीत्व बिकासमा टेवा पुर्‍याउने, बिभिन्न तालिम तथा सिपमुलक कार्यक्रममा सहभागी गराउने निर्णय गरेको छ।

धनगढीमा भएको पहिलो समन्वयात्मक कार्यक्रममा दशरथ चन्द बैतडी विद्यार्थी समाज जय बहादुर कुँवरको अध्यक्षतामा पहिलो समन्वयात्मक बैठक सम्पन्न गरिएको चेतन बिक्रम चन्दले बताए ।

यस्तै समन्वयात्मक बैठकमा बैतडी समाज कैलालीका उपाध्यक्ष गजेन्द्र बहादुर चन्द, सचिब हर्क बहादुर चन्द, लगायत सबै सदस्यहरुको उपस्थीती रहेको थियो । यस्तै दशरथ चन्द बैतडी विद्यार्थी समाज अध्यक्ष जय बहादुर कुँवर, राजनितीक दल, एमालेका जिल्ला सदस्य बिष्णु चन्द र क्रान्तीकारी सुदुरपश्चिम सचिब तथा बिभिन्न क्याम्पसहरुमा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

साथै आगामि दिनमा नया नेतृत्वको लागि पनि यस्तै किसिमको माया र हौसला मिलिरहने कुरामा पुर्ण विश्वास अपेक्षा लिइएको छ ।