पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप: बागमती युथ क्लब विजयी

Image

धनगढी

धनगढीमा जारी पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा दोस्रो दिन भएको खेलमा बागमती युथ क्लब विजयी भएको छ। धनगढी रंगशालामा शुक्रवार भएकोे खेलमा एनआरटीलाई ४-३ गोलले पेनाल्टी सुटआउटमा पराजित गरेको हो।

निर्धारित समयमा २-२ गोल भएपछि निर्णय पेनाल्टीमा हुन पुगेको हो। आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले फागुन १९ गतेबाट सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । हिजो बिहिवार उद्धघाटन खेलमा दिल्ली फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुआत गरेको थियो । जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ।