नेपाली कांग्रेस अधिवेशन ६९ जिल्लामा सकियो, देउवा-शेखर को बलियो?

Image

काठमाडौं।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६९ जिल्लामा अधिवेशन सकेको छ। सिन्धुपाल्चोक, बारा, अछामलगायत ८ जिल्लाको परिणाम आउन बाँकी छ।

जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले जितेकासहित जोड्ने हो भने सभापति देउवा पक्षले अहिलेसम्म ३७ जिल्ला सभापति जितेका छन्।

सिटौलाले महाधिवेशनमा सभापति पदमा देउवालाई सघाएका थिए। साथै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शेखर कोइराला पक्षले ३२ जिल्ला सभापति जितेका छन्। यसपालि महाधिवेशनमा पौडेल भने ‘मौन’ बसेका थिए।

कांग्रेस मंसिरमा भएको १४ औं महाधिवेशन अघि संस्थापन (देउवा पक्ष) र संस्थापनइतर (रामचन्द्र पौडेल) र (कृष्णप्रसाद सिटौला) पक्षबाट जिल्ला सभापतिमा प्रतिस्पर्धा हुने गरेको थियो।

महाधिवेशनमा केन्द्रीय सभापतिमा देउवा र कोइराला भिडेपछि त्यसपछि भएका जिल्ला अधिवेशनमा प्राय: देउवा र कोइराला पक्षबाट उम्मेदवार उठेका छन्। १६ जिल्ला अधिवेशन गर्न बाँकी राखेर कांग्रेसले केन्द्रीय महाधिवेशन गरेको थियो।

हिजोआज बाँकी रहेका जिल्ला अधिवेशन भइरहेका छन्। सिन्धुलीमा देउवा र कोइराला पक्षले उठाएका सभापतिका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र ढंगले उठेका उपेन्द्र पोखरेल जिल्ला सभापति बनेका थिए।

पोखरेल शेखर र सिटौलानिकट मानिन्छन्। तर यसपालि उनले कोइराला पक्षबाट सभापति पदमा उठ्न टिकट पाएका थिएनन्।

कहाँ कुन पक्षले जिते सभापति हेर्नुस्:

शेरबहादुर देउवा पक्षले जितेका जिल्ला र सभापति:

  • लमजुङ, सभापति टकराज गुरूङ
  • सल्यान, सभापति केशवबहादुर विष्ट
  • डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
  • डडेल्धुरा, सभापति भीमबहादुर साउद
  • म्याग्दी, सभापति खमबहादुर गर्बुजा
  • ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
  • मुगु, सभापति ऐनबहादुर शाही
  • पाँचथर, सभापति रूपनारायण जवेगु
  • मनाङ, सभापति शंकर गुरूङ देउवा
  • हुम्ला, सभापति मोहनविक्रम सिंह
  • बझाङ, सभापति खड्क बोहरा
  • रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
  • जुम्ला, सभापति कर्णबहादुर शाही
  • जाजरकोट, सभापति बेदराज सिंह
  • डोटी, सभापति नरेन्द्रबहादुर सिंह
  • रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
  • ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
  • झापा, सभापति देउमान थेबे
  • बागलुङ, सभापति जित शेरचन
  • पर्वत, सभापति युवराज जोशी
  • इलाम, सभापति डम्बरबहादुर खड्का
  • सुर्खेत, सभापति खड्ग पोखरेल
  • रूपन्देही, सभापति रामकृष्ण खाण
  • कास्की, सभापति किशोरदत्त बराल
  • काभ्रे, सभापति तीर्थ लामा
  • तनहुँ, सभापति जितप्रकाश आले
  • ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
  • कञ्चनपुर, सभापति पदम बोगटी
  • उदयपुर, सभापति हिमाल कार्की
  • भक्तपुर, सभापति दुर्लभ थापा
  • बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर
  • सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा
  • रसुवा, सभापति पेम्वाछिरिङ तामाङ
  • धनकुटा, सभापति दिनेश राई
  • कैलाली, सभापति नारायणदत्त भट्ट
  • मकवानपुर, सभापति बुद्ध लामा
  • पर्सा, सभापति जनार्दनसिंह क्षेत्री

शेखर कोइराला पक्षले जितेका जिल्ला र सभापति:

  • प्युठान, सभापति विष्णुकुमार गिरी
  • अर्घाखाँची, सभापति केशव श्रेष्ठ
  • रोल्पा, सभापति किशोर आचार्य
  • बैतडी, सभापति चतुरबहादुर चन्द
  • दोलखा, सभापति बर्मा लामा
  • गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
  • कालिकोट, सभापति अम्बबहादुर शाही
  • संखुवासभा, सभापति दीपक खड्का
  • रूकुमपूर्व, सभापति केशरमान रोका
  • मुस्ताङ, सभापति रोमीगौचन थकाली
  • भोजपुर, सभापति विनोद वान्तवा
  • बाजुरा, सभापति रामसिंह रावल
  • तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
  • नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
  • पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
  • स्याङ्जा, सभापति राजु थापा
  • खोटाङ, सभापति विष्णुकुमार राई
  • दार्चुला, सभापति ललितसिंह बोहरा
  • नुवाकोट, सभापति रमेश महत
  • दाङ, सभापति शंकरप्रसाद डाँगी
  • दैलेख, सभापति मणिराम रेग्मी
  • गुल्मी, सभापति खिलध्वज पन्थी
  • काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
  • धादिङ, सभापति रामनाथ अधिकारी
  • सुनसरी, सभापति केदार भण्डारी
  • कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ
  • मोरङ, सभापति डिगबहादुर लिम्बू
  • चितवन, सभापति राजेश्वर खनाल
  • बाँके, सभापति नारायण गौडेल
  • नवलपुर, सभापति महेन्द्रध्वज जिसी
  • महोत्तरी, सभापति नागेश्वर यादव
  • सिन्धुली, सभापति उपेन्द्र पोखरेल