शिक्षिकालाइ बलात्कार गर्ने एमाले सांसद बानियाँ निलम्बित

Image

काठमाडौँ

नेपालगन्जमा शिक्षिकालाई बलात्कार गर्ने नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् ।

सांसद बानियाँले बाँकेको नेपालगन्ज स्थित अप्सरा होटलमा इच्छा विपरित बला’त्कार गरेको आरोप लगाउदै शिक्षिकाले बानियाँ विरुद्ध अदालतमा मुद्दा दिएकी थिइन् ।

उक्त बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ