वाम एकताका लागि घनश्याम भुसालले देखेका ४ आधार

Image

काठमाडौं ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अरुचिका बाबजुद नेकपा एमालेका नेता घनश्याम भुसालले पुनः वाम एकताको बहस अगाडि बढाएका छन् । एक आलेख मार्फत् वाम एकताको बहस थालेपछि भुसाललाई अध्यक्ष ओलीले कथित बुद्धिजीवीको संज्ञा दिएका थिए ।

तर तिनै ओलीको अध्यक्षतामा सोमबार बसेको प्रथम पोलिटब्यूरो बैठकमा फेरि भुसालले वाम एकताको प्रस्ताव राखे । भुसालका अनुसार वाम एकताको चार आधार छन् । यद्यपि ओलीले एमालेबाहेक अरु वाम पार्टी नै नरहेकाले एकताको आवश्यकता नरहेको जवाफ दिए ।

पोलिट्व्यूरो बैठकमा भुसालले राखेको प्रस्तावको जवाफमा ओलीले झण्डै एक घण्टा समय खर्च गरेका थिए । अधिकांश समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आलोचनामा खर्चिएका उनको स्पष्ट सन्देश थियो, वाम एकताको पक्षमा एमालेका कसैले नबोलुन् ।

तर, भुसाल भने वाम एकता अपरिहार्य रहेकाले यो बहस र पहलकदमी नछोड्नेमा दृढ देखिन्छन् । मंगलबार दिउँसो पत्रकारहरुसँग वाम एकताको चार आधारबारे भुसालले संक्षेपमा यसरी व्याख्या गरे ।