बिद्यालय व्यवस्थापन समितिमा धर्मराज भट्ट

Image

बैतडी ।

बैतडीको पाटन नगरपालिका वडा नं. १० मा रहेको श्री सरस्वती माध्यमिक बिद्यालय सल्लेबासाको आज बिद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष श्री चन्द्रे लुहारको सभाध्यक्षमा सम्पन्न अभिभावक भेलाबाट धर्मराज भट्टको अध्यक्षतमा ९ सदस्यीय बिद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

अभिभावक भेलामा सामुदायिक बिद्यालय व्यवस्थापन समिती महासंघ नेपाल सुदूर पश्चिम् प्रदेश समिती अध्यक्ष एवं जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम सिंह भाट, पाटन नगरपालिका वडा नं. १० का वडा अध्यक्ष धन बहादुर कुवँर, पाटन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बिर्खराज भट्ट लगायत बिद्यालय सेवा क्षेत्र भित्रका अभिभावक तथा शुभेच्छुक महानुभावहरुको सहभागीता रहेको थिए ।

निर्वाचित अध्यक्ष भट्ट यस अघि ३ पटक सोही बिद्यालयको अध्यक्ष भैइसकेको र पुन: चौथो पटकका लागि अभिभावकहरुले उहाँलाई नै रुचाएको बिद्यालयले जनाएको छ ।

यस्तै सदस्यहरुमा क्रमश गगन सिंह महरा, केशव राज भट्ट, जानकि भट्ट, बिमला सार्कि, लक्ष्मि भट्ट, वडा पदेन सदस्यमा वडा अध्यक्ष धन बहादुर कुवँर, सदस्य सचीवमा बिद्यालयका प्रधानाध्यापक टंक प्रसाद भट्ट रहेका छन् ।

२०१६ सालमा स्थापना भएको यस बिद्यालयमा हाल कक्षा १२ सम्मको पढाइ भैरहेको र २७० जना भन्दा बढी बिद्यार्थिहरु अध्ययनरत रहेको शिक्षक लोकराज भट्टले बताउन भएको छ ।