बैतडीमा नयाँ सिडिओ पन्थी हाजिर, जिल्लामा देखिएको पेट्रोलको समस्या समाधानका लागी पहल गर्ने

Image

बैतडी ।

बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेश पन्थी हाजिर भएका छन् । गृहमन्त्रालयले केही दिन अघि बैतडीको सिडिओको रुपमा पन्थीलाई खटाएपछि उनी सोमबार जिल्लामा हाजिर भएका हुन् ।

जिल्लाका विभिन्न समस्याहरुका बारेमा प्रमुख जिल्ला अधिकारी पन्थीले आज क्रियाशील पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको हो । जिल्लामा भएका समस्यहरुको जानकारी लिने र ती समस्याहरु समाधानका लागि स्थानीय प्रशासनबाट चाल्न सकिने कदम तय गर्न अन्तरक्रिया कार्यक्रम राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ।

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले जिल्लामा पेट्रोलको समस्या लगायतका बिषयमा प्रमुख जिल्ला अधिकारी पन्थीको ध्यानाकर्षण गराएका छन् । जिल्लामा देखिएको पेट्रोलको समस्या समाधानका लागि स्थानीय प्रशासन पहल गर्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी पन्थीले जिल्लामा शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त दुरुस्त बनाइने बताए ।