नेकपा (एमाले) नगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीद्वारा प्रशिक्षण तथा बैठक सम्पन्न

Image

बैतडी ।

नेकपा (एमाले) मेलौली नगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल मेलौली नगर कमिटीद्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ। आउदो मंसिर ४ गते हुने निवार्चनलाई लक्षित गर्दै राष्ट्रिय युवा संघ नेपालले दश वटै पालिकामा प्रशिक्षण तथा बैठक गरिरहेको छ ।

यस्तै सोमबार पञ्चेश्वरमा कार्यक्रम गरेको राष्ट्रिय युवा संघले हिजो मङ्गलबार शिवनाथ गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारीले जानकारी दिए ।

अन्तिम पालिका भोलि भाद्र ३० गते दशरथचन्द नगरपालिकामा कार्यक्रम गरिने जनाएको छ । स्थानिय तहमा भएका कमीकमजोरीहरूको समीक्षाका साथै आउदै गरेको निर्वाचनको तयारी गर्ने लक्ष्यका साथ राष्ट्रिय युवा संघले प्रशिक्षण तथा बैठक गरिरहेको भण्डारीले बताए ।

नेकपा (एमाले) मेलौली नगर कमिटी उपाध्यक्ष बिजय नायकको अध्यक्षता उत्त कार्यक्रम सम्पन्न सम्पन्न कार्यक्रममा नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य तथा बैतडी सह-इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथि रहेका थिए भने  विशिष्ट अथितीमा नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका सदस्य रण बहादुर चन्द रहेका थिए ।

यस्तै कार्यक्रममा राष्टिय युवा सघ नेपालका केन्द्रीय सचिब एबम सुप ईन्चार्ज बिष्ना चन्द, सह ईन्चार्ज देबेन्द्र कुवर, नेकपा (एमाले) मेलौली नगर कमिटीका ईन्चार्ज जगदिश नायक, दनपा पार्टी ईन्चार्ज निर्मल पाण्डेय , राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लोकेन्द्र भण्डारी र जिल्ला कमिटी सदस्य बिर बद्र बिष्ट सहितका जनप्रतिनिधिहरुको उपस्थिति रहेको  थिए ।