एसिया कपको नयाँ खेल तालिका सार्वजनिक, उद्घाटनमा नेपाल र यूएई भिड्ने

Image

काठमाडौं । आउँदो जुलाईमा श्रीलंकामा हुने एसिसि महिला एशिया कप २०२४ को संशोधित खेल तालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसि) ले मंगलबार सार्वजनिक गरेको संशोधित तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तान विरुद्ध रहेको थियो । एशिया कपमा नेपालसहित भारत, पाकिस्तान,यूएई, बंगलादेश, श्रीलंका, मलेशिया र थाइल्याण्डले प्रतिष्पर्धा गर्नेछन्।

नेपाल रहेको समूह ए मा भारत, पाकिस्तानजस्ता बलिया टोली रहेका छन्। समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।

तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई प्रतियोगितामा समावेश गरेको छ । यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि २०१२ र २०१६ मा टि-२० एसिया कप खेलेको थियो ।

May be an image of text