काठमाडौं। इन्टर मियामीका कप्तान लियाेनल मेसीले मेजर लिग सकर (एमएलएस) का दुई खेल गुमाउने भएका छन्।
मेसीले बिहीबार टोराेन्टाे एफसी र शनिबार सिकागो फायरविरुद्धको खेल गुमाउने मियामीका प्रशिक्षक जेरार्डो मार्टिनोले बताए ।
कोपा अमेरिकाको फाइनलमा ३७ वर्षीय मेसीकाे खुट्टामा चोट लागेकाे थियाे । जसका कारण उनी ६४औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए ।
मियामी २३ खेलबाट ४७ अंकका साथ एमएलएस इस्टर्न कन्फरेन्सकाे दोस्रो स्थानमा छ।

















