काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर अनुष्ठान गरेको आरोपमा सामाजिक सञ्जालमा चर्चित धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रधानमन्त्रीसहितका नेताहरूको फोटो राखेर यमराजको अनुष्ठान गरिरहेका बेला उनी पक्राउ परेका हुन्।
काठमाडौंस्थित आफ्नै घरमा नेताहरूको मृत्युको कामनासहित धार्मिक अनुष्ठान गरेपछि उनलाई सोमबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।खतिवडालाई घरबाटै पक्राउ गरेर हिरासतमा राखिएए जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको फोटो राखेर मृत्युको कामननासहित अनुष्ठान गरिएपछि त्यसलाई आपत्तिजनक भन्दै खतिवडालाई पक्राउ गरिएको हो।
खतिवडाले आफूलाई प्रहरी वृत्त महाराजगन्ज लगिएको जानकारी सामाजिक सञ्जालबाट दिएका छन्। ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको छ। कामना गरौ देश बनोस्,’ उनले लेखेका छन्।
खतिवडाले केहीदिनअघि फेसबुकबाटै देशलाई खाल्डोमा हाल्ने नेताहरूको नाममा यमराजको पूजा गर्ने निर्णय लिएको बताएका थिए।

















