फेरि एसिया कप ट्वान्टी–२० ढाँचामामा खेलाइने

Image

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको आगामी संस्करण भारतमा आयोजना हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) स्रोतका अनुसार, एसिया कपको आगामी संस्करण टी-२० ढाँचामा खेलाइने भएको छ ।

आगामी एसिया कप सन् २०२५ मा आयोजना हुनेछ । एसिया कपको अघिल्लो संस्करण पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना भएको थियो । प्रतियोगिताको उपाधि भने भारतले जितेको थियो । भारतले फाइनलमा सह-आयोजक श्रीलंकालाई १० विकेटले हराएको थियो ।

एसिया कपको अघिल्लो संस्करणमा नेपालले पनि सहभागिता जनाएको थियो । सन् २०२७ को एसिया कप भने बंगलादेशमा आयोजना हुने बताइएको छ । सन् २०२७ को एसिया कप भने एकदिवसीय ढाँचामा खेलाइने छ ।

आईसीसी टी-२० विश्वकपको आगामी संस्करण सन् २०२६ मा आयोजना हुने भएकाले सन् २०२५ को एसिया कप पनि टी-२० ढाँचामा खेलाउन लागिएको हो । सन् २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राखी बंगलादेशमा आयोजना हुने एसिया कप पनि एकदिवसीय ढाँचामा खेलाउन लागिएको समाचारमा जनाइएको छ ।