काभा बिच भलिबल : नेपालको लगातार दोस्रो जित

Image

काठमाडौं । भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार नेपालले उज्वेकिस्तानविरुद्ध २-० को सोझो सेटमा जित निकाल्यो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले खेल २१-१५, २१-१४ ले आफ्नो पक्षमा पार्यो । शुक्रबारको पहिलो खेलमा नेपालले घरेलु टोली भुटानलाई २१-१४, २१-१४ ले आफ्नो पक्षमा पारेको थियो ।

बिहीबार भने नेपाल माल्दिभ्ससँग १६-२१, १५-२१ ले पराजित भएको थियो । आज नै नेपालले ताजकिस्तानसँग खेल्ने तालिका छ । शुक्रबार नै कमला पुन र मनिषा चौधरीको जोडीले एकतर्फी खेलमा भुटानलाई २१-५, २१-४ ले हरायो ।

नेपालले माल्दिभ्सको सामना गर्दैछ । पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१–१७, २१–१५ ले हराएको थियो ।