श्रीलंकालाई हराउँदै इरान काभा नेसन्समा तेस्रो

Image

इरान सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा तेस्रो भएको छ ।

त्रिपुेरश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित भयो । इरानले श्रीलङ्कामाथि २५–२२, २८,२६ , २५–१७ को नतिजा निकालेको थियो ।

सेमिफाइनलमा इरान नेपाल र श्रीलङ्का भारतसँग समान ३–० को सेटमा पराजित भएको थियो । लिग चरणको खेलमा पनि इरानले श्रीलङ्कालाई ३–२ को सेटमा हराएको थियो ।