आरिफ र आसिफ टेक्नो मोबाइल ब्रान्ड एम्बासडर

Image

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई सदस्य आरिफ शेख र आसिफ शेख टेक्नो मोबाइलको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।

क्रिकेट मिट्स टेक्नोलोजी नाम दिइएको कार्यक्रममा आज टेक्नो नेपालले आरिफ र आसिफसँग सहकार्य गर्ने घोषणा गरेको हो । टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले दुवै खेलाडीको खेलकुद क्षेत्रको योगदान र समर्पण टेक्नो नेपालको थिम स्टप एट नथिङ सँग मेल खाने हुँदा ब्रान्ड एम्बेसडर बनाउने निर्णय गरेको बताए ।

आरिफले यो साझेदारीले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरे भने आसिफले टेक्नो नेपालको ब्रान्डमार्फत समर्थकसँग जोडिने अवसर पाएको प्रतिक्रिया दिए । आसिफ र आरिफ दाजुभाइ हुन् । विकेटकिपर तथा ओपनिङ ब्याटर आसिफ लगातार राष्ट्रिय टिमको मुख्य सदस्य रहँदै आएका छन् ।

उनी अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-ट्वान्टी विश्वकपमा खेल्ने नेपालको टिममा समावेश थिए । आरिफ पनि अहिले विश्व क्रिकेट लिग टु खेल्ने प्रारम्भिक टोलीको बन्द प्रशिक्षणमा छन् ।