काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका युवा स्टार फावियो काल्र्भाल्हो ब्रेन्टफोर्ड स्थानान्तरण भएका छन् । उनलाई क्लबले २७.५ मिलियन पाउन्डमा लियो ।
कार्भाल्हाले प्रि–सिजनमा आर्सनल र म्यानचेष्टर युनाइटेडविरुद्ध गोल गरेका थिए । २१ वर्षीय खेलाडी पछिल्लो पटक आरबी लाइपजिग र हल सिटीमा लोनमा थिए ।
सन् २०२२ मा लिभरपुल भित्रिएका पोर्चुगिल स्टार पाँच वर्ष ब्रेन्टफोर्डमा रहने बताइएको छ । उनले तीन वर्ष लिभरपुलमा रहँदा २१ खेलमात्रै खेलेका छन् ।
लोनमा सन् २०२३–२४ सिजन जर्मन बुन्डेसलिगा क्लब लाइपजिग खेले । अन्त्यतिर च्याम्पियनसिप क्लब हलमा आएका हुन् । जहाँ २० खेलमा ९ गोल गरेका थिए ।

















