काठमाडौं । नियमित कप्तान बेन स्टोक्स अनुपस्थित हुने भएपछि इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले श्रीलंकाविरुद्धको टेस्ट शृंखलाका लागि ओली पोपलाई टोलीको नेतृत्व सुम्पिएको छ ।
द हन्ड्रेडअन्तर्गत आइतबार साँझ म्यानचेस्टर ओरिजिनल्स र नर्दन सुपरचार्जर्सबीचको खेलमा रन लिने क्रममा स्टोक्सको बायाँ खुट्टामा चोट लागेको थियो ।
यसैगरी बोर्डले पहिलाे टेस्टका लागि स्टोक्सको स्थानमा कुनै पनि खेलाडीलाई टोलीमा नबोलाउने भएको छ । तीन खेलको टेस्ट शृंखला अगस्ट २१ बाट म्यानचेस्टरमा सुरु हुँदैछ ।
इङ्ल्यान्डको टोली : ओली पोप (कप्तान), गस एटकिन्सन, शोएब बशीर, ह्यारी ब्रुक, जोर्डन कक्स, बेन डकेट, डेन लरेन्स, म्याथ्यु पोट्स, जो रुट, जेमी स्मिथ, ओली स्टोन, क्रिस वोक्स, मार्क उड

















