भारतीय क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा मोर्केल

Image

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर मोर्नी मोर्केल भारतीय राष्ट्रिय पुरुष क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ)का सचिव जय शाहले मोर्केललाई नियुक्त गरिएकाे जानकारी दिए । उनको सम्झौता सेप्टेम्बर १ देखि लागु हुनेछ ।

मोर्केलले बंगलादेशविरुद्धको शृंखलामार्फत आफ्ना कार्यभार सम्हाल्ने छन्। भारतले घरेलु मैदानमै बंगलादेविरुद्ध दुई खेलको टेस्ट र तीन खेलको ट्वान्टी-२० शृखला खेल्दैछ ।

टेस्ट सेप्टेम्बर १९ र ट्वान्टी-२० अक्टोबर ६ देखि सुरु हुनेछ । मार्केलले यसअघि पाकिस्तानी टोलीको बलिङ प्रशिक्षण सम्हालेका थिए । तर गत वर्ष सम्पन्न एकदिवसीय विश्वपकमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनले राजिनामा दिएका थिए ।