स्पेनिस ला लिगाका दुबै खेल बराबर

Image

काठमाडौं । स्पेनिस ला लिगा २०२४–०२५ सिजनअन्तर्गत उद्घाटनसत्रका दुबै खेल बराबरीमा सम्पन्न भएका छन् । एथ्लेटिको क्लब र गेटाफे तथा रियाल बेटिस र जिरोनाबीचको दुबै खेल १–१ गोलको बराबरीमा सकिँदा चारै क्लबले समान एक अंक जोडेका छन् ।

उद्घाटन खेलमा एथ्लेटिकाले अग्रता बनाएको हो । ओइहान सन्सेटले २७औं मिनेटमा गोल गरे । गोर्का गुरुजेताले पास उपलब्ध गराएका हुन् । ६४औं मिनेटमा भ्रमणकारी टोलीका क्रिष्टान्टस उचेले बराबरी गोल गरेका हुन् । लुइस मिलाले बल उपलब्ध गराएपछि गोल भएको थियो ।

दोस्रो खेलमा बेटिसले छैटौं मिनेटमै अग्रता बनायो । मार्क बाट्राले बेटिसको लागि गोल गरेका हुन् । उनले नविल फेकिरको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको जिरोनाले ७२औं मिनेटमा बराबरी गर्याे । गाव्रिअल मिसओउले गोल गर्दै हार टारेका थिए । शुक्रबार राति हुने खेलमा सेल्टा भिगो र डिपोर्टिभो अलाभेसबीच प्रतिस्पर्धा हुनेछ ।