इंग्लिस प्रिमियर लिग : टोटनहमविरुद्ध लेस्टरको बराबरी

Image

काठमाडौँ । जेमी भार्डेले दोस्रो हाफमा गरेको गोलमा लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार राति टोटनहमलाई १–१ को बराबरीमा रोकेको छ । पूरा खेल अवधिमा टोटनहमले शृंखलाबद्ध आक्रमण बुनेपछि त्यसलाई निर्णायक बनाउन असफल रह्यो ।

भ्रमणकारी उत्तरी लन्डन क्लबले पहिलो हाफमा पेड्रो पोरेसको गोलले अग्रता लिएको थियो । किंग पावर स्टेडियममा भएको खेलमा भार्डीले हेडबाट बराबरी गोल फर्काए । खेल अगाडि चोटका कारण उनले खेल्न नखेल्ने टुंगो भने थिएन् ।

प्रिमियर लिगका १७ खेलमा ३७ वर्षीय भार्डेले टोटनहमविरुद्ध नौ गोल गरेका छन् । गत सिजन टोटनहम पाँचौं स्थानमा रहेको थियो । लेस्टर भने च्याम्पियनसिप लिग जित्दै एकै वर्षको अन्तरमा प्रिमियर लिगमा फर्केको हो ।