काठमाडौं । इङ्ल्यान्डका प्रमुख ब्याटर डेन लरेन्स करिब दुई वर्षपछि टेस्ट क्रिकेटमा फर्किने भएका छन् । लरेन्सलाई श्रीलंकाविरुद्धको पहिलो टेस्टमा मौका दिइएको छ । लरेन्सले पछिल्लो पटक सन् २०२२ मा वेस्ट इन्डिजविरुद्ध टेस्ट खेलेका थिए ।
यसैगरी म्याथ्यु पोट्सले पनि टोलीमा मौका पाएका छन् । शृंखलाको पहिलो टेस्ट बुधबारेदेखि सुरु हुँदैछ । नियमित कप्तान बेन स्टोक्सको अनुपस्थितीमा टोलीको नेतृत्व ओली पोपले गर्नेछन् । स्टोकले खुट्टाको चोटका कारण शृंखला गुमाउने भएका हुन् ।
इङ्ल्यान्डको टोली : बेन डकेट, डेन लरेन्स, ओली पोप (कप्तान), जो रुट, ह्यारी ब्रुक, जेमी स्मिथ, क्रिस वोक्स, गस एटकिन्सन, म्याथ्यु पोट्स, मार्क उड, शोएब बशीर

















